प्रदेश नं १ राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावलीमा दाबी विरोध नभएको

खरीबोट

फाइल फोटो ।

ad

विराटनगर । यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १ नं प्रदेश मतदाता नामावली प्रकाशनमा कसैको दाबी विरोध परेको छैन् । 

दाबी विरोधका लागि यही माघ ८ गतेसम्म समय रहेको कुनै दाबी विरोध नपरेको १ नं प्रदेश मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवराज दुलालले बताए । आज साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने उनले जानकारी दिए । 

यसैगरी माघ १० गते बिहान १० देखि ४ बजेसम्म राष्ट्रिय सभा उम्मेदवार मनोनयन दर्ता गरिनेछ भने साँझ ४ देखि ५ बजेसम्म उम्मेदवार दर्ता सूची प्रकाशन गरिनेछ । 

यस्तै माघ ११ र १२ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी विरोधमा दाबी विरोधमा उजुरी दर्ता गर्न सकिनेछ । यही माघ १३ गते १० देखि ५ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध उपर निर्णय लिने र माघ १४ गते १० देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत दुलालले जानकारी दिए । 

यसैगरी माघ १५ गते दिउँसो १ देखि २ बजेसम्म उम्मेदवार नामावली फिर्ता दिने, ३ देखि ४ बजेसम्म राष्ट्रिय सभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र साँझ ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने अधिकृत दुलालले बताए । माघ २४ गते बिहान १० देखि ३ बजेसम्म राष्ट्रिय सभा सदस्यको निर्वाचन हुनेछ । 

प्रदेश नं १ मा २७४ जना स्थानीय निकायका प्रमख र उपप्रमुख र प्रदेश सभा सदस्य ९३ गरी जम्मा ३६७ सदस्यले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान गर्नेछन् । १ नं प्रदेशमा तीन महिला, तीन अन्य, एक दलित, एक अपांग वा अल्पसङ्ख्यक सदस्य गरी जम्मा आठजना राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित हुनेछन् । 

यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दुईवटा मतदान केन्द्र राखिएको छ भने प्रत्येक केन्द्रमा ११ जना कर्मचारी खटाइएको छ । 
 

सम्बन्धित समाचार

मालदिभ्सको निर्वाचनमा यमीनको पराजय भएको अदालतको ठहर

कोलम्वो। मालदिभ्सको सर्वोच्च अदालतद्वारा गत महिना भएको राष्ट्रपतीय निर्वाचन परिणामलाई रद्द गरी नयाँ निर्वाचन गर्नका लागि वर्तमान राष्ट्रपति अब्दुल्ला यमीनले गरेको निवेदनलाई आइतबार खारेज गरिदिएको छ ।  अदालतको उक्त निर्णयसँगै यमीनको

बङ्गलादेशमा निर्वाचनको मिति घोषणा नोभेम्बर महिनाको अन्तिम साता

ढाका। एएफपी बङ्गलादेशमा संसदीय निर्वाचनको मिति घोषणा गरिने भएको जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आगामी नोभेम्बर महिनाको अन्तिम साता यहाँको संसदीय निर्वाचनको मिति घोषणा गरिने र

निर्वाचनको समयमा भएका प्रतिबद्धताअनुसार सरकारले काम गर्ने : अध्यक्ष प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताएका छन्

माल्दिभ्सको निर्वाचन परिणामबारे आइतबार सुनुवाई हुने

कोलम्बो। माल्दिभ्सको सर्वोच्च अदालतले निर्वाचनका बारेमा परेको मुद्धामाथी आउदो आइतबार सुनुवाई गर्ने जनाएको छ ।  हालै भएको राष्ट्रपतीय निर्वाचनबारेमा राष्ट्रपति अब्दुला यमीनले दिएको चुनौतीबारेमा आइतबार सुनुवाई गर्ने तय भएको अदालतले बिहीबार


z