• २०८१ बैशाख १३ बिहीबार

रारा गोल्डकप : आयोजक सहारालाई हराउँदै सुदूरपश्चिम ११ विजयी

kharibot

पोखरा । आयोजक सहारा क्लबलाई ३–० गोलले हराउँदै सुदूरपश्चिम ११ ले आहा राराको गोल्डकपको १६ औँ संस्करणको विजयी शुरुवात गरेको छ । 

आज भएको प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका लागि धनबहादुर थापाले खेलको २५औ मिनेटमा गोल गर्नुभएको थियो । त्यस्तै खेलको ७८ औँ मिनेटमा सुदूरपश्चिमका मनिराम चौधरीले गोल गर्दै अन्तरलाई दोब्बर बनाए । 

खेलको थप समयमा सुदूरपश्चिमकै राकेश हमालले गोल गर्दै विजय सुनिश्चित गराएका थिए । आजको खेलमा सुदूरपश्चिमका मनिराम चौधरी उत्कृष्ट खेलाडी घोषित बने । 
प्रतियोगितामा आधा दर्जनभन्दा बढी अवसर पाए पनि सहाराका खेलाडीले गोल गर्न सकेनन् । 

सहाराका प्रशिक्षक किरण श्रेष्ठले धेरै अवसर पाए पनि खेलाडीहरू गोल गर्ने अवसरबाट चुकेको बताए  । 

सुदूरपश्चिम ११ का प्रशिक्षक सुरेश हमालले आजको खेलमा विजयी बन्दा हर्षित बनेको बताउँदै आगामी खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे । 

बुधबार भारतको सिक्किम युनाइटेड र धरान फुटबल क्लबबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । 

सहारा क्लबले सञ्चालन गर्दै आएको एकेडमीको सहयोगार्थ सहारा क्लबले आहा रारा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको छ । 

प्रतियोगिताको आज आयोजित उद्घाटन समारोहमा पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरामा यस किसिमको प्रतियोगिता हुनु आफैँमा महत्वपूर्ण रहेको बताए । उनले पोखरामा खेलकुदको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  । 

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले रु सात लाख र उपविजेताले रु तीन लाख ५१ हजार प्राप्त गर्ने छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै