बाजुराबाट संबिधानसभा चुनावमा स्वतन्त्र उम्मेद्वार बनेका गिरीले गरे आत्महत्या 

खरीबोट

बाजुरा । बाजुराको कैलाशमाण्डुमा एक व्यक्तिले मन्दीर भित्रै झुण्डीएर आत्महत्या गरेका छन् ।

त्रिवेणी नगरपालिका — ७ मा कैलाशमाण्डुको डाडाँकमा रहेको आफ्नै आस्थाले बनाएको मन्दीरमा देव गिरीले मंगलबार बिहान मन्दीर भित्रै झुण्डीएको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

स्थानीयले भने ‘हिजो राती नौ बजेतिर आफ्ना पशु चौपायालाई गोठमा बाधेर आगोलगाएर पशुचौपाया पनि मारेका छन् । आफ्नो मृत्यु निश्चत भन्दै घरपरिवार र आफन्तलाई समेत फोन सम्पर्क गरेका थिए ।

भने पछि उनका काठमाडौंमा रहेका जेठा छोराले प्रहरी कार्यालयमा फोन गरेर जानकारी दिएका थिए । डिएसपी रानाभाटले सम्पर्क गर्दा फोन नलागेपछि अनुसन्धानका लागि प्रहरी टोली पठाउदा घटना स्थलतिर पठाएको हुँ ।

प्रहरी टोली पुग्दा उनी आफैले बनाएको मन्दीर भित्रै झुण्डीएको अबस्थामा फेला पारेका हुन्,’ रानाभाटले भने । स्थानीएका अनुसार उनी घरपरिवार बाट एक्लै बस्थे । भने, अहिले उनको लासलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

गिरी २०७० सालको निर्वाचनमा स्वतन्त्रबाट उम्मेद्वार बनेका थिए । भने अहिले उनी सन्यासी रुप धारण गरी एक्लै बस्दै आएका थिए । 

सम्बन्धित समाचार

बाजुरामा कालाजारको संक्रमण

बाजुरा । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा

बाजुराका परम्परागत कोल लोप हुँदै

बाजुरा । प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका

लोपोन्मुख नौमुठे गाई तस्करी

बाजुरा । पछिल्लो समय लोपोन्मुख नौमुठे गाई चीनतर्फ तस्करी हुने गरेको पाइएको छ । अछामबाट बाजुरा हुँदै हुम्लाको नाका भएर नौमुठे गाई चीनतर्फ मासुका लागि तस्करी हुन थालेको छ । हुम्ला

बाजुराका ५५० परिवार अँध्यारोमा

बाजुरा । बूढीगङ्गा नगरपालिका–१, २ र ३ का ५५० परिवार करीब एक महिनादेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । गाउँमा जडान गरिएको मनागाड लघुजलविद्युत् आयोजना दोस्रोको नहर पहिराले बगाएपछि विद्युत्


z