• २०८१ बैशाख ६ बिहीबार

बाजुराबाट संबिधानसभा चुनावमा स्वतन्त्र उम्मेद्वार बनेका गिरीले गरे आत्महत्या 

kharibot

बाजुरा । बाजुराको कैलाशमाण्डुमा एक व्यक्तिले मन्दीर भित्रै झुण्डीएर आत्महत्या गरेका छन् ।

त्रिवेणी नगरपालिका — ७ मा कैलाशमाण्डुको डाडाँकमा रहेको आफ्नै आस्थाले बनाएको मन्दीरमा देव गिरीले मंगलबार बिहान मन्दीर भित्रै झुण्डीएको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

स्थानीयले भने ‘हिजो राती नौ बजेतिर आफ्ना पशु चौपायालाई गोठमा बाधेर आगोलगाएर पशुचौपाया पनि मारेका छन् । आफ्नो मृत्यु निश्चत भन्दै घरपरिवार र आफन्तलाई समेत फोन सम्पर्क गरेका थिए ।

भने पछि उनका काठमाडौंमा रहेका जेठा छोराले प्रहरी कार्यालयमा फोन गरेर जानकारी दिएका थिए । डिएसपी रानाभाटले सम्पर्क गर्दा फोन नलागेपछि अनुसन्धानका लागि प्रहरी टोली पठाउदा घटना स्थलतिर पठाएको हुँ ।

प्रहरी टोली पुग्दा उनी आफैले बनाएको मन्दीर भित्रै झुण्डीएको अबस्थामा फेला पारेका हुन्,’ रानाभाटले भने । स्थानीएका अनुसार उनी घरपरिवार बाट एक्लै बस्थे । भने, अहिले उनको लासलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

गिरी २०७० सालको निर्वाचनमा स्वतन्त्रबाट उम्मेद्वार बनेका थिए । भने अहिले उनी सन्यासी रुप धारण गरी एक्लै बस्दै आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै