साहित्यकारलाई परिचयपत्र दिने तयारी, कार्यविधिसहितको प्रतिवेदन मन्त्रालयमा

खरीबोट
ad

काठमाडौँ ।  नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ । 

प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न सकिने बताए  । 

अहिलेसम्म पनि राज्यले साहित्यकारलाई पहिचान दिन नसकेको हुनाले परिचयपत्रको व्यवस्था गर्न लागिएको पोखरेलले बताए । प्रतिष्ठानले “विशिष्ट साहित्यकार परिचयपत्र” र “लेखन साहित्यकार परिचयपत्र” गरी दुई प्रकारमा परिचयपत्र वितरण गर्न लागेको हो । 

विशिष्ट साहित्यकार परिचयपत्र ६० वर्ष उमेर पुगेका र ४० वर्षसम्म नियमित साहित्य लेखनमा लागेकाले पाउनेछन् भने लेखन साहित्यकार परिचयपत्र ४० वर्ष उमेर पुगेका र २५ वर्ष नियमितरुपमा काम गरेको हुनुपर्ने छ । 

सम्बन्धित समाचार

प्रदेश २ को नामाङ्कनमा साहित्यकारहरुको फरक मत

वीरगञ्ज। तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् ।  अधिकांश

प्रदेश २ को नामाङ्कनमा साहित्यकारहरुको फरक मत

वीरगञ्ज। तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् ।  अधिकांश

मालिका केसरीको उपन्यास सुवर्णलतामाथि साहित्यकारहरुको बहस

काठमाण्डौ । साहित्यकारहरुले नेपाली साहित्यमा पाठकको ध्यानएकाग्र गर्ने कृतिको खडेरी कायमै रहेको बताएका छन् ।  साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’बारे राजधानीमा शनिबार भएको अन्तर संवाद कार्यक्रममा बोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने

साहित्यकार इन्द्रबहादुर राईको निधन

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । ९० वर्षीय राईको दार्जिलिङस्थित निवासमा मंगलबार साँझ निधन भएको हो । भारतको दार्जीलिङमा जन्मेका राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पुर्याएका


z