• २०८१ बैशाख ८ शनिबार

नेपाल—चीन उद्योग वाणिज्य संघबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर

kharibot

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेशनल ट्रेड डोंगगुआन सिटी कमिटी (सिसिपिआइटी)को तर्फबाट उपाध्यक्ष लिउ जिआओजेङ  र संघका तर्फबाट उपाध्यक्ष पञ्चरत्न शाक्यले हस्ताक्षर गरेका हुन् । 

नेपाल भ्रमणमा आएका ७ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डलले संघ आबद्ध व्यवसायीहरुसँग भेट गरी मंगलबार द्विपक्षीय आर्थिक व्यापारिक तथा पर्यटन प्रवद्र्धनका विषयमा अन्तक्रिया गरेको थियो । 

सहमतिपत्र अनुसार दुबै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधिकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदान प्रदान गर्नेछन् । व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान मार्फत व्यापारिक सम्बन्धको विकास गरी विद्यमान व्यापारिक कठिनाइहरुलाई आपसी समझदारीमा समाधान गर्नेछ ।

साथै आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनारहरु आदि कार्यक्रमहरुमा सहभागि हुन एक आपसमा सहयोग गुर्ने समेत उल्लेख छ ।  
सो अवसरमा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चीन वीचको सदियौं पुरानो सुमधुर सम्बन्धको चर्चा गरे । यस भ्रमणबाट व्यापार वृद्धि तथा लगानीका लागि सहज हुने बताए ।

साथै संघ र शानडोंगबीच प्रान्तबीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, पर्यटन, उद्योग, तयारी पोशाक तथा लगानी बृद्धिमा विस्तार गर्दै जाने बताए  साथै शानडोंग शहर तथा ललितपुर उपमहानगरपालिका बीच भगिनी सम्बन्ध स्थापनाका लागि संघ तथा सीसीपीआईटी शानडोंगले पहल गर्ने बताए । 

प्रतिनिधि मण्डलमा पर्यटन, तयारी पोशाक, अटोमोवाइल क्षेत्र लगायतका व्यवसायीहरुको सहभागिता रहेको थियो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै