• २०८१ बैशाख ७ शुक्रबार

पाकिस्तान : आगलागीमा परी एक परिवारका सात व्यक्तिको मृत्यु

kharibot

प्रतिनिधी तस्वीर

इस्लामाबाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात व्यक्तिको मृत्यु भएको छ । 

पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात व्यक्तिको मृत्यु भएको हो । सुतिरहेको अवस्थामा ठूलो आगलागी भएका कारणले उनीहरू भाग्न पनि नपाएका जनाइएको छ ।  

आगलागीमा परी ज्यान गुमाएकाहरूमा चार बालबालिका दुई महिला रहेका छन् । ती चार बालबालिका दुई महिनादेखि १० वर्षसम्मका रहेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै