• २०८१ बैशाख ११ मंगलबार

रोमामाथि युभेन्टसको जित

kharibot

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले रोमालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा खेलको १६औं मिनेटमा मोइस कीनले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

यो जितपछि युभेन्टसको ८ खेलमा १४ अंक भएको छ र लिगमा सातौ स्थानमा उक्लिएको छ ।

त्यस्तै रोमाको ८ खेलमा १५ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै