• २०८१ बैशाख ८ शनिबार

टी-२० विश्वकपमा ओमान र स्कटल्याण्डको विजयी शुरुवात

kharibot

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो चरणमा ओमान र स्कटल्याण्डले विजयी शुरुवात गरेका छन् ।

आइतबार सम्पन्न खेलमा ओमानले पपुवा न्यूगिनीलाई १० विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले दिएको १३० रनको लक्ष्य पछाएको ओमानले १३.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा स्कटल्याण्डले बंगलादेशलाई ६ रनले पराजित गरेको छ ।

स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १३४ रन मात्र बनाएपछि खेल ६ रनले गुमाएको हो ।

पहिलो चरणको समुह बि मा रहेका ओमान र स्कटल्याण्डले २-२ अंक हासिल गरेका छन् ।

आज समुह ए अन्तर्गत आयरल्याण्ड र नेदरल्याण्डबीच तथा श्रीलंका र नामिबियाबीच खेल हुने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै