• २०८१ बैशाख ८ शनिबार

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा, क्याम्पनाउमा मेसीले गरे ४ हजारौ गोल

kharibot

काठमाडौँ । बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा 

स्पेनियोललाई २-० ले पराजित गर्दै समग्रमा २-१ को नतिजा सहित बार्सिलोना प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लिगमा १-० ले पछि परेको बार्सिलोना दोस्रो लिगमा स्वरेज र मेसीको गोलले २-० को जित निकाल्न सफल भएको थियो ।

यस खेलम बार्सिलोनाका लागि खेलको ९औ मिनेटमा नै लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु मैदानमा खेलेको बार्सिलोनाका लागि लियोनेल मेसीले खेलको २५औ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर मात्र पारेनन् टिमलाई विजयी समेत बनाए ।

यस खेलमा मेसीले दोस्रो गोल गरेसँगै बार्सिलोनाको घरेलु मैदानमा भएका अफिसियल खेलमा ४ हजार गोल भएका छन् । जसमा ४ हजारौ गोल मेसीले गरेका छन् । जसमा ला लिगाका खेलमा २७६५ गोल भएका छन् भने कोपाका खेलमा ५०८, च्याम्पियन्स लिगमा ३६८ गोल भएका छन् ।

८० हजार समर्थक उपस्थित भएको क्याम्प नाउमा चर्चित खेलाडी फिलिप कोन्टिन्होले बार्सिलोनामा डेभ्यु गरेका छन् । उनले खेलको ६७औ मिनेटमा इनेस्टाको ठाउमा सब्स्टिच्युट हुदै बार्सिलोनाका लागि पहिलो खेल खेलेका थिए ।

त्यस्तै यो खेल सुरु हुनु अघि बार्सिलोना छोडेर चीन जान लागेका जेभियर मस्चेरानोलाई फ्यानहरुको अगाडी बिदाई गरिएको थियो ।

बार्सिलोनाको जितसँगै कोपा डेल रेमा सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा बार्सिलोनासँगै लेगानेज, सेभिल्ला र भ्यालेन्सिया पुगेका छन् ।

कोपा डेल रेको सेमिफाइनलको ड्र आजै हुने छ भने खेल आगामी जनवरी ३१ र फेब्रुअरी ७ मा हुने छ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ मा हुने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै