• २०८१ बैशाख १२ बुधबार

कुमारी बैंकले छ महिनामा कमायो ४८ करोड

kharibot

काठमाडौ  । कुमारी बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ४८ करोड दुई लाख छ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैकको यस्तो मुनाफा २७ करोड ९३ लाख ५२ हजार रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको बैकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ५७ अर्ब ६८ करोड नौ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ९२ करोड ४४ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

घरजग्गा क्षेत्रमा एक अर्ब ९६ करोड ७२ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा ८२ करोड १६ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । राईट व्याक रकम ३७ करोड ८६ लाख ५९ हजार रुपैयाँ रहेको बैकको प्रोभिजन रकम २४ करोड १० लाख ८२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दसमलव ६१ प्रतिसत रहेको छ । 

गत आवको सोही अवधिमा बैंकले ३९ अर्ब ९४ करोड ६३ लाख ८ढ हजार रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ६५ करोड ९८ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै