नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

खरीबोट

चितवन  नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी .साधन रोकेर काम गरिने भएको छ । 

रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एक महिना सवारी साधन रोकेर काम गरिने प्रजिअ नारायणप्रसाद भट्टले बताए । 

यसअघि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएको थियो । गत वर्ष बिहान १० बजेदेखि ४ बजेसम्म गाडी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएकाले स्थानीय प्रशासनसँग दिउँसो नै सडक रोकेर काम गर्न माग गरिँदै आएको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अपराह्न सवारी साधन रोक्ने ठाउँ तय गरेको छ । कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा तथा बस र साना सवारी साधनलाई जुगेडी र दासढुंगामा रोकिने छ । काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेबाटारमा रोकिने छ । 

पोखरातर्फबाट आउने बस र साना सवारी साधनलाई बेनीटार र ट्रकलाई आँबुखैरनीमा रोकिने उनले बताए । हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न भई १४ दशमलव सात किमी सडक कालोपत्र भएको आयोजनाका इ शिव खनालले जानकारी दिए । 

सम्बन्धित समाचार

चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज

चितवन। विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ ।  गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले

नारायणगढ मुग्लिन सडकखण्ड सुख्खा पहिरोका कारण एकतर्फी

चितवन। नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।  निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको हो । आज बिहान ११ः

नारायणगढ–मुग्लिन सडक ३४ घण्टापछि दुईतर्फी खुल्यो 

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो ।  दिनभरको प्रयासपछि साँझ ६ः३०

नारायणघाट-मुग्लिन सडकखण्ड १८ घण्टापछि एकतर्फी खुल्यो 

काठमाडौँ । नारायणघाट-मुग्लिन सडक खण्डको पहिरोका कारण अवरुद्ध सडक करिब १८ घण्टापछि एकतर्फी  रुपमा  खुलेको छ । नारायणघाट मुग्लिन सडक आयोजनाका अनुसार चार किलोको पहिरो खसेको ठाँउमा साँझ ६:३० बजेबाट


z