एउटा युगको तस्वीर बनाउन चाहन्छु  [कविता]

खरीबोट
ad

आमा म 
एउटा युगको तस्वीर  बनाउन चाहन्छु 
त्यो तस्वीर  शताब्दीकै पुरानो 
तस्वीर  हुनेछ र,
भावी पिढींले महसुस गर्नेछन् 
देशमा कति संघर्ष  गरेर 
शान्तिको श्वास फेर्न सकिएको  छ 
देशले शान्तिको लागि कति युद्ध गर्नुपर्यो 
दाजुभाइ दिदीबहिनी नै 
विपक्षमा लड्नु पर्यो युद्ध गर्नुपर्यो 

हो आमा म,
म यस्तो तस्वीर बनाउन चाहन्छु 
जहाँ युद्ध बिराम रोकेर 
शान्ति छाएको हुनेछ 
देशमा चारैतिर बत्ति बल्नेछ 
भ्रष्टाचार बलात्कार हुने छैन 
बेरोजगार हट्नेछ शिक्षित बन्नेछन् 
देशले हसिलो मुहार फेर्नेछ 
जहाँ त्यो तस्वीर हेरेर 
भावी सन्ततिहरु ती वीर युद्दाहरुलाई 
सम्झेर दुई थोपा आँसु झाल्ने छन् 
हो यस्तो युगको तस्बिर बनाउन चाहन्छु 
त्यसैले तपाईंको साथ चाहिएको छ 
त्यो आत्मीयता र प्रेम चाहिएको छ 
त्यो तस्बिर मेरो हृदयबाट 
बग्ने प्रत्येक आसुको थोपाहरुले 
बन्नेछ।।
 

सम्बन्धित समाचार

नेपाल स्रष्टा समाजले तीन स्रष्टालाई सम्मान गर्दै

काठमाडौँ । नेपाल स्रष्टा समाजले यस वर्ष तीन स्रष्टालाई सम्मान गर्ने भएको छ । शास्त्रीय शैलीका रचनाकार स्व नारायणदत्त शास्त्रीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान, साहित्य र सञ्चारका क्षेत्रमा साधनारत स्रष्टा सिर्जना

प्रदेश २ को नामाङ्कनमा साहित्यकारहरुको फरक मत

वीरगञ्ज। तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् ।  अधिकांश

प्रदेश २ को नामाङ्कनमा साहित्यकारहरुको फरक मत

वीरगञ्ज। तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् ।  अधिकांश

दुर्गा सुबेदीद्वारा विपीसँग विमान अपहरणका अनुभूति ‘विमान विद्रोह' मा सार्वजनिक

काठमाडौं।  प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले आफ्नो संलग्नतामा भएको नेपालको पहिलो र एकमात्र राजनीतिक विमान अपहरणबारे आफ्नो अनुभूति सार्वजनिक गरेका छन् । उनले लेखेको संस्मरणात्मक पुस्तक ‘विमान विद्रोह : एउटा