• २०८१ बैशाख १३ बिहीबार

मध्ये क्षेत्रको डरलाग्दो सवारी दुर्घटनाको तथ्याड्ढ, ६ महिनामा ३८४ जनाले गुमाए ज्यान

kharibot

फाइल तस्बिर

बारा । बारा जिल्ला लगायत मध्य क्षेत्रको १६ वटा जिल्लामा सवारी दुर्घटनामा बृद्धी भएको छ । मध्ये क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय , पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षको तथ्याड्ढले दुर्घटनाको डर लाग्दो तथ्याँक देखाएको हो । 

आर्थिक बर्ष ०७१÷७२ मा मध्ये क्षेत्रका १६ जिल्लाको ८ सय ७३ सवारी दुर्घटनामा ५ सय ५७ जनाको मृत्यु भएको छ , भने ०७२÷७३ मा ९ सय ३७ दुर्घटनामा परी ५ सय २५ जनाले ज्यान गुमाएका छन् । 

यस्तै आर्थिक बर्ष ०७३÷७४ को एक हजार ६९ सवारी दुर्घटनामा परी ७ सय ३५ ले ज्यान गुमाउँन बाध्य भएका छन् । यो बर्षको पुस मसान्तसम्मको तथ्याँक अनुसार ६ महिनामा ५ सय ५७ दुर्घटनाबाट ३ सय ८४ ले ज्यान गुमाईसकेका छन् , जस मध्ये २ सय ४४ पुरुष र ४३ बालबालिका मात्रै छन् ।

दुर्घटनामा बिशेषगरी पुरुष पर्ने गरेका छन् । भने पछिल्लो तीन वर्ष सहिँत पौष मसान्त सम्ममा २ सय ५१ बालबालीका मात्रै दुर्घटनाको शिकार भएका छन् । 

दुर्घटनामा धेरै मोटरसाईकल पर्ने गरेका छन् , भने कात्र्तिक महिनामा बढी दुर्घटना हुँने गरेको तथ्याँकले देखाएको छ । गएको ६ महिनामा मात्रै कार्तिकमा मध्ये क्षेत्र भरी एक सय ७० सवारी दुर्घटनामा परी ९१ जनाले ज्यान गुमाएका छन् ।

सवारी चाप र सडक मुख्य कारण : मध्य क्षेत्रिय ट्राफिक प्रमुख

मध्य क्षेत्रिय ट्राफिकका प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले यस क्षेत्रको जिर्ण सडक र अत्याधिक सवारी चापका कारण दुर्घटना बढीरहेको बताएका छन् । 

उनका अनुसार चालक कै लापरवाहीका कारण बढी दुर्घटना हँुने गरेको छ , भने तिब्र गती , ओभरलोड , यान्त्रिक गडबढी , यात्रुको गल्ती लगायत सडकमा छाडिने छाडा चौपायाका कारण पनि दुर्घटनाको कारण बन्ने गरेको छ । 

उनले सरकारले सडक व्यवस्थापनमा ध्यान नदिई सवारी साधन निर्वाध खरिद बिक्रिले सवारी साधनको चाप सडकले धान्न नसक्ने अवस्थामा पुगेको बताए । अब स्थानिय सरकारले सवारी साधनलाई उचित व्यवस्थापनलाई मध्य नजर गरी दुर्घटना न्युनिकरणमा ध्यान दिनु पर्ने मैनालीले धारणा राखे । 

बढी दुर्घटना चितवन र धादिङ्गमा

मध्य क्षेत्र कै १६ जिल्लाहरु मध्ये चितवन र धादिङ्गमा बढी दुर्घटना हुँने गरेको कार्यालयको तथ्याँकले देखाएको छ । पछिल्लो ६ महिनामा चितवनमा १ सय १५ सवारी दुर्घटनाबाट ६० जनाले ज्यान गुमाईसकेका छन् । 

त्यसैगरी ६ महिना भित्र धादिङ्गमा भएका ७४ दुर्घटनाबाट ७५ जनाको ज्यान गएको छ । जस मध्ये  ५० पुरुषको संख्या र १५ बालबालीका छन् । तथ्याँकले चितवन र धनुषामा बढी मोटरसाईकल दुर्घटना हुँने गरेको देखाएको छ ।

ट्रकले बढी राजश्व तिर्छ

सवारी कारवाहीमा सबै भन्दा बढी राजश्व मालबाहक ट्रकले तिर्ने गरेको छ । आर्थिक बर्ष ०७१÷७२ मा १६ जिल्लाबाट संकलित राजश्य १८ करोड २४ लाख मध्ये करिब ८ करोड राजश्य ट्रकले मात्रै तिरेको छ । 

त्यसैगरी ०७२÷७३ मा संकलित करिब १८ राजश्वको करिब ७५ प्रतिशत ट्रकले नैं तिरेको छ , भने यो वर्षको पुष मसान्त सम्म संकलित करिब १० करोड मध्ये आधा आधी राजश्व ट्रक कै छ । 

‘उसलाई राजश्वको रकम भन्दा बढी भार बोकेर आउँदा बढी फाइदा हुँन्छ , त्यसैले यहाँ आएर जानेरै आँफैले कारवाहीको राजश्व काट्छ,’ प्रमुख मैनालीले भने , –‘हामीले कारवाही स्वरुप राजश्व काट्नेलाई अर्को पटकका लागी चेतावनी मात्र दिने हो , पटक पटक आउँदा हामीले थर्काउँछौँ त्यसैले उनीहरु रुट परिर्वतन गरेर राजश्व काट्छन् । ’

मालबाहक ट्रकले उसको भार क्षमता भन्दा बढी माल लिएर आउँने र यहाँ आएर राजश्व तिरेर निर्वाध रुपमा हिँडन पाउँने कारणले कतिपय ट्रकले क्षमता भन्दा बढी भार बोक्ने गरेको कार्यालयको भनाई छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै