• २०८१ बैशाख ८ शनिबार

रक्षा बजेट बृद्धिगर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

kharibot

वासिङ्टन ।  अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लाग्नुभएको बताइएको छ । 

उहाँले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गर्नुभएको समाचारमा जनाइएको छ । काँग्रेसले सो बजेट पारित गर्न त बाँकी नै छ, तर पनि राष्ट्रति ट्रम्पले भने आगामी वर्षका लागि सो बजेट प्रस्ताव गर्न लाग्नुभएको रक्षा अधिकारीहरुले जानकारी दिएका छन् । 

अमेरिकी अधिकारीलाई उद्धृतगर्दै अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जनाएअनुसार सो बजेट यदि पारित भयो भने यसवर्षको अर्थात् सन् २०१८ को भन्दा कम्तीमा पनि ७ प्रतिशतले बढी हुनेछ । 

राष्ट्रति ट्रम्पको सो आग्रहलाई अमेरिकी रक्षा मन्त्रालयले मनन् गरिरहेको बताइएको छ । सो प्रस्तावबमोजिम नै बजेट निर्माण हुने वा बजेट काँग्रेसले पारित गर्ने हो भने अघिल्ला वर्षहरुको तुलनामा निकै धेरै बजेट बढ्ने अनुमान गरिएको छ । 

सो बजेट अमेरिकी नेतृत्वमा हाल जारी रहेका युद्धहरुका साथै अमेरिकी अश्त्रगृह निर्माणका लागि आवश्यक रहेको उहाँले प्रस्ताव गर्नुभएको छ । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले गतहप्ता गर्नुभएको प्रस्ताव बमोजिम यो बजेट आउन लागेको अनुमान गरिएको छ । 

उहाँले गतहप्ता राष्ट्रिय सुरक्षा रणनीति प्रस्तुत गर्नेक्रममा अमेरिकी सरकारले सेनाको सशक्तिकरण गर्ने योजना बनाएको र त्यसका लागि अहिलेको रक्षा बजेट अपुग हुने बताउनुभएको थियो । 

सोही बमोजिम यो बजेटको प्रस्ताव आएको अनुमान गरिएको समाचारमा जनाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै