बारा प्रहरीले समात्यो पेस्तोलसहित चार जना

खरीबोट
ad

बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधमा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बारा प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीले विभिन्न स्थानबाट हात हतियार प्रयोग गरी लुटपाट, चोरी गरिएको मोवाइल, मोटरसाईकल तथा अन्य विभिन्न घटनामा संलग्न रहेका समूहलाई पक्राउ गर्न सफल भएका हुँन् ।
प्रहरीले लुटपाटमा प्रयोग हुने एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई थान गोली, तीन थान मोटरसाइकल र १६ थान मोबाइलसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएकामध्ये जिल्लाको बारागढी गाउँपालिका वडा नं.१ का धर्मेन्द्र प्रसाद यादवलाई घरेलु कटुवा पेस्तोल एक थान र सोमा प्रयोग हुने दुई राउण्ड गोली तथा विभिन्न कम्पनीको १४ थान मोबाइलसहित पक्राउ गरेको हो ।

भारत तथा नेपालका विभिन्न स्थानबाट चोरी तथा लुटपाट गरी बिक्री वितरण गर्ने गरेका बाराको आदर्शकोतवाल गाउँपालिका ६ का आनन्द प्रसाद कुशवाहा र सोहि स्थानका अरविन्द माहत्तो कुशवाहालाई चोरीको तीन थान मोटरसाइकलसहित पक्राउ गरिएको छ ।

यस्तै रौतहट जिल्लाका बौधिमाई नगरपालिका वडा नं.५ का अरविन्द राय यादवलाई बारा प्रहरीले चोरी गरेको २ थान मोवाईल सहिँत सिम्रौनगढ नगरपालिकामा पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारले बताए ।

पछिल्लो समय बारामा अपराध न्यूनिकरणका लागि बारा प्रहरीले सक्रियता बढाएको छ ।
 

सम्बन्धित समाचार

झिझिया गीतको गुन्जसँगै तराईमा नृत्यको रौनक

बारा। तराईका जिल्लामा वडो धुमधामका साथ मनाइँने झिझिया नाँच यति खेर मध्य तराई मधेशको वातावरण नैं उल्लासमय भएको छ । बिभिन्न सांस्कृतिक पर्वले धनी तराईका जिल्लाहरुमा झिझियाको ऐतिहासिक महत्व वडो

कृषिमा आधुनिकिकरण नभएसम्म कृषक आत्मनिर्भर हुँदैन : मन्त्री साह

काठमाडौँ। प्रदेश नम्बर २ का भुमि , कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले कृषिमा आधुनिकिकरण नभए सम्म कृषक आत्मनिर्भर नहुने बताएका छन् ।  बाराको तेतरीयामा साना किसान कृषि सहकारी संस्थाको ८

बाराको सुपर ल्यामीकोट उद्योगमा आगलागी, करोडौंको क्षति

बारा। बाराको सुपर ल्यामीकोट उद्योगमा शुक्रवार साँझ आगलागी भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुर स्थित सो उद्योगमा विद्युत् सर्ट सर्किटका कारण अबेर साँझ आगलागी भएका हो । साँझ

डीडीसीको दुध बोक्ने गाडीमा रक्सी !

बारा । इलाका प्रहरी कार्यालय जीतपुरले दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा बरामद गरेको छ । जीतपुरका प्रहरी नायब निरीक्षक रामउदयराज शर्माको नेतृत्वमा खटिएको टोलीले बिहीबार बिहान चेकजाँचका क्रममा डीडीसी


z