• २०८१ बैशाख ८ शनिबार

कपिलवस्तुको तिलौराकोट जंगलमा टाउको सहितका दुई मानव कंकाल फेला

kharibot

कपिलवस्तु । यहाँको बुद्धभूमि नगरपालिका–२ तिलौराकोट साझेदारी वनको घनघोर जंगलको खोल्सामा २ वटा टाउको सहितको मानव कंकाल आइतबार फेला परेको छ । 

घटनास्थलबाट २ जोर चप्पल र २ थान मोवाइल समेत बरामद भएको ईलाका प्रहरी कार्यालय गोरुसिंहेका प्रहरी निरिक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए ।

वनमा दाउरा खोज्न जाने स्थानियले मानव कंकाल देखेपछी पत्रकारलाई खबर गरेका थिए । पत्रकारले प्रहरीलाई जानकारी गराएसंगै प्रहरी घटना स्थल पुगेको थियो । घटना स्थलको प्रकृति अनुसार चप्पल र कपडाको आधारमा सो कंकाल महिला र पुरुषको हुनसक्ने प्रहरी निरिक्षक श्रेष्ठले जानकारी बताए । घटनाको प्रकृती र कंकालको अधारमा दुई महिना अगाडी घटना घटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बरामत मोवाईलको आधारमा प्रहरीले गरेको अनुशन्धानमा कंकाल रुपन्देही शुद्धोघन गांउपालिका–१ सिसेनीया का अन्दाजी ३५ वर्षिया दशरथ मल्लाह र सैनामैना नगरपालिका–१ कि मन कुमारी सुनुवार हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

एउटा मोवाईलमा भएको नम्बरका आधारमा जानकारी लिदा रुपन्देही सैनामैना घर भएको र निज महिलाको श्रीमानले इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गिायामा आफ्नी श्रीमती हराएको र दशरथ मल्लाहले लगेको भनेर दिएको निवेदनको आधारमा कंकाल उनिहरुको नै हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । कंकालको थप पृष्टि गर्नका लागि उनिहरुको परिवारलाई इलाकामा बोलाईएको प्रहरीले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै