बार्सिलोनाको जितमा मेसीको निर्णायक गोल, स्वरेजले गरे लगातार ८ खेलमा गोल 

खरीबोट

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको छ । 

गएराती भएको खेलमा लियोनेल मेसीले निर्णायक गोल गर्दै बार्सिलोनालाई जिताएका छन् ।  १-१ गोलको बराबरी रहेको अवस्थामा मेसीले खेलको ८३औ मिनेटमा फ्री-किकबाट गोल गर्दै जित दिलाएका थिए । 

यस अघि आल्भेजले खेलको २३औ मिनेटमा गाइडेट्टीको गोलमा सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले अगाडी रहेको आल्भेजसँग खेलको ७२औ मिनेटमा बार्सिलोनाका लुइस स्वरेजले गोल गर्दै १-१ गोलको बराबरी गरेका थिए । स्वरेजले ला लिगामा लगातर ८औ खेलमा गोल गरेका छन् ।

यस खेलमा फिलिप कोन्टिन्होले बार्सिलोनाका लागि पुरा डेभ्यु गरेका थिए । खेलको पहिलो हाफमा उनले गोल गर्ने अवसर पाएपनि गोल गर्न भने असफल भएका थिए । बार्सिलोनाका लागि कोन्टिन्होको यो दोस्रो खेल हो र उनले डेभ्यु गोल गर्न सकेका छैनन् ।

त्यस्तै बार्सिलोनाले ला लिगामा यो जितसँगै सन् २००९/१० को लगातार २१ खेलमा अपराजित रेकर्डलाई बराबरी गरेको छ । म्यानेजर पेप गार्डीयालाको अन्डरमा बार्सिलोनाले लगातार २१ खेलमा १७ जित र ४ बराबरी गरेको थियो भने यस सिजनमा १८ जित र ३ बराबरी गर्दै सो रेकर्डको बराबरी गरेको छ । त्यस्तै मेसीले ला लिगामा २००३-४ देखि फ्री-किक मार्फत २१ गोल गरेका छन् । रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले २० गोल गरेका छन् ।

यो जितसँगै बार्सिलोनाले ला लिगामा ११ अंकको स्पष्ट अग्रता हासिल गरेको छ । बार्सिलोनाको २१ खेलमा ५७ अंक रहेको छ ।
 

सम्बन्धित समाचार

रियल म्याड्रिडको प्रमुख प्रशिक्षक बने सान्टियागो सोलारी

काठमाडौँ। स्पेनिस क्लब रियल म्याड्रिडले अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई क्लबको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले सोमबार बसेको क्लबको बोर्ड बैठकले सोलारीलाई सन् २०२१ को जन ३० सम्म क्लबको

सान्टियागो सोलारी रियल म्याड्रिडको नियमित प्रशिक्षक बन्दै 

काठमाडौँ। स्पेनिस क्लब रियल म्याड्रिडले अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई स्थाई प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको छ । क्लबले रियल र सोलारीवीचको सम्झौता स्पेनिस फुटबल संघमा बुझाएको स्पेनिस मिडियाले बताएका छन्

विजयी लयमा फर्कियो रियल म्याड्रिड

काठमाडौँ। स्पेनिस क्लब रियल म्याड्रिड विजयी लयमा फर्किएको छ। स्पेनिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।  रियलको जितमा करिम बेन्जमा, सर्जियो

मेसीको दुई गोलका बाबजुत बार्सिलोना पराजित  

काठमाडौँ। स्पेनिस ला लिगामा शिर्ष स्थानमा रहेको बार्सिलोनाले यस सिजनको दोस्रो हार बेहोरेको छ। गएराती बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा  बार्सिलोना रियल बेटिससँग ४-३ गोल अन्तरले पराजित भएको हो।  इन्जुरीपछि मैदानमा


z