अमेरिकी राष्ट्रपतिलाई मिडियाभन्दा सोसल मिडिया प्यारो !

खरीबोट

लण्डन । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रोचक बानीबारे खुलासा गरेका छन् । उनले कैयौँ पटक आफ्नो ओछ्यानबाटै ट्विटर चलाउने गरेको उल्लेख गरेका छन् । उनका अनुसार नयाँ योजनाको घोषणा, प्रतिद्वन्द्वीविरुद्ध शब्दाक्रमण तथा उत्तर कोरियासहितका देशहरुलाई प्रतिक्रिया दिन समेत ट्रम्पको महत्वपूर्ण हतियार हो ट्विटर । 

सोमबार बिहानसम्म उनको एकाउन्ट @realDonaldTrump का ४ करोड ७२ लाखभन्दा धेरै अनुयायी (फलोअर्स)हरु रहेका थिए । ब्रिटेनको आईटीभी च्यानललाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफ्नो ट्विटर पोष्टको खुलेर प्रशंसा समेत गरेका छन् । उनले झूटो समाचारले वाक्क बनाएको अहिलेको जमानामा सामाजिक सञ्जालद्वारा आफ्ना समर्थकसँग निकटमा रहन सफल भएको समेत उल्लेख गरेका छन् । 

ट्रम्पले अन्तर्वार्तामा भनेका छन्, यदि मसँग संवादको यो तरिका थिएन भने आफूले आफैँलाई बचाउन मुस्किल हुनसक्थ्यो । मसामु धेरै नभएका, झूटा खबर आउँछन् । यतिमात्र नभएर ट्रम्पले यसलाई अचम्मको स्थिति भनेका छन् । विश्वमा ट्रम्पले के ट्विट गर्छन् भनेर पर्खिनेको संख्या निकै छ ।

त्यसो त ट्रम्प आफैँ ट्विट गर्छन् । सुतेरै पनि ट्विट गर्छन् भने खाना खाँदाखाँदै पनि ट्विट गरिदिन्छन् । ७१ वर्षको वृद्धावस्थामा समेत ट्रम्प बर्गर खान्छन्, कोक पिउँछन् । उनी आफू सधैँ राम्रो खाना खाने गरेको बताउँछन् ।  

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीद्वारा राजीनामा

काठमाडौँ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले राजीनामा दिएकी छन्। बिबिसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलीको राजीनामा स्वीकृत गरेको  छन्।   साउथ कोरोलिनाकी पुर्व गभर्नर हेलीले आश्चर्यजनकरुपमा राजदुत पदबाट

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेट ! 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दै। साथमा प्रधानमन्त्री पत्नी राधिका शाक्य र अमेरिकी प्रथम महिला मलेनिया ट्रम्प। तस्बिर : संयुक्त

मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै भएनन्- डोनाल्ड ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसनबिरुद्ध फेरि आक्रोस पोकेका छन् । उनले भने, “मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै छैनन् ।”  हील टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू जेसनको

डोनाल्ड ट्रम्पलाई भगवान् मानेर पूजा ! तस्बिरमा दूधको अभिषेक पनि !  

हैदरावाद (भारत) । एक भारतीयले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूजा गर्ने गरेको समाचार बाहिर आएको छ । उनले आफ्नो पूजाघरमा ट्रम्पको तस्बिर नै राखेर पूजा गर्ने गरेका छन् । हरेक बिहान


z