• २०८१ बैशाख ७ शुक्रबार

के आमिर खानले तेस्रो विवाह गर्दैछन् ?

kharibot

काठमाडौँ । अभिनेता आमिर खानले तेस्रो विवाह गर्ने चर्चा अहिले बलिवुडमा चलिरहेको छ ।

गत असारमा आफ्नी दोस्रो पत्नी किरण किरण रावसँग अलग भएका आमिर खानले अभिनेत्री फातिमा सना सेखसँग विवाह गर्न लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आमिरले आफ्नो फिल्म लाल सिंह चड्डाको रिलिज पछि विवाह गर्ने तयारी गरेको विभिन्न भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । तर आमिर खान र फातिमा दुवैले यस बारेमा आधिकारिक रुपमा भने केहि जानकारी दिएका छैनन् ।

गत असारमा सरप्राइज रुपमा आमिर र किरण दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै १५ बर्षको वैवाहिक जीवन टुंगाएको घोषणा गरेका थिए ।

आमिरको किरणसँग डिभोर्स हुनुमा फातिमा दोषी रहेको बताइदै आएको छ । डिभोर्सको घोषणा पछि सामाजिक संजालमा फातिमालाई ट्रोल गरिएको थियो ।

फातिमाले २०१६ मा आमिर खानसँग सुपरहिट फिल्म दंगलमा काम गरेकी थिइन् । यस फिल्ममा काम गरेपछि नै आमिर र फातिमा नजिक आएको चर्चा पटक पटक मिडियामा भएको थियो । यसपछि फातिमाले आमिर खानसँग फिल्म ठग्स अफ हिन्दोस्तानमा काम गरेकी थिइन् । यस फिल्ममा आमिरकै आग्रहमा फातिमालाई प्रमुख भूमिकामा लिइएको बताईन्छ । पछि किरण रावले फिल्ममा फातिमालाई लिनुमा आमिर खानको निर्णय नभएको सार्बजनिक रुपमा भन्नु परेको थियो ।

यशराजको ब्यानरमा बनेको यो फिल्म सुपर फ्लप बनेको थियो ।

फातिमाले आफ्नो नाम आमिरसँग जोडिन लागेपछि त्यति बेला आमिर खान आफ्नो मेन्टर भएको बताउदै आफुहरुको सम्बन्ध थाहा नभएकाले यस्तो चर्चा गर्ने गरेको बताएकी थिइन् ।

आमिरले किरणसँग  २००५ को डिसेम्बर २८ मा आफूभन्दा ९ बर्ष कम उमेरकी किरणसँग आमिरले विवाह गरेका थिए ।

आमिर र किरणका छोरा आजाद अहिले १० बर्षका छन् । उनको जन्म २०११ मा सेरोगेसीको माध्यमबाट भएको थियो ।

आमिर खानको यस अघि रीना दत्तासँग विवाह भएको थियो । सन १९८६ अप्रिल १८ मा भएको विवाह १६ बर्षपछि २००२ मा अन्त्य भएको थियो । आमिर र रीनाबाट एक छोरा जुनैद र छोरी आइरा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै