• २०८१ बैशाख ८ शनिबार

एनआरएनले दश अर्बको लगानी कोष स्थापना गर्दै 

kharibot

फाइल तस्बिर

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनले नेपालको लगानी प्रवद्र्धनका लागि रु १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ । 

एनआरएन र नेपाल आर्थिक पत्रकार समाज सेजन बीच आज भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिए । 

कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा होइन काम गर्ने समय आएको बताए । एनआरएनले गोरखा भूकम्पबाट क्षतिग्रस्त ‘लाप्राक नमूना वस्ती’ निर्माण गरिरहेको छ । कुल ३२७ घरको पुनः निर्माणको काम अगाडि बढेको सो अवसरमा जानकारी दिइएको थियो । 

एनआरएनका प्रवक्ता भूषण घिमिरेले एनआरएनले हालसम्म गर्दै आएका गतिविधिका बारेमा सो अवसरमा जानकारी गराएका थिए । एनआरएनले बागमती किनाराको शंखमुल क्षेत्रमा ३२ रोपनी जग्गामा उद्यान निर्माण गरिरहेको छ । सो परियोजनाको निर्माण लागत करिब रु दुई करोड २५ लाख अनुमान गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै