• २०८१ बैशाख ७ शुक्रबार

मुग्लिन–नारायणगढ सडक १० घण्टापछि खुल्यो

kharibot

रत्ननगर, चितवन ।  चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत घुमाउनेमा भित्तो काट्ने क्रममा भेटिएको जोखिमयुक्त चट्टान (ढुंगो)का कारण रोकिएका सवारी अहिले राति ८ बजेबाट पुनः सञ्चालनमा आएका छन् । 

मंगलबार तोकिएभन्दा चार घण्टा बढी यातायात प्रभावित भएको छ । बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर भित्तो काट्ने काम शुरु गरिएपनि घुमाउनेमा जोखिमयुक्त चट्टान भेटिएकाले ४ बजे नै खुल्नुपर्ने सडक राति ८ बजेमात्रै सञ्चालनमा आएको छ । चट्टान पन्छाउन समय लागेकाले चार घण्टा ढिला गरी सवारी सञचालनमा आएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले बताए । 

मंगलबार बिहान १० बजेदेखि नै रोकिएका सवारी साधन १० घण्टापछि गन्तव्यतर्फ प्रस्थान गरेका छन् । तर हजारौँ सवारी सडकमा रहेकाले यातायात आवागमन भने प्रभावित भएको छ । यातायात सहज हुन रातभर नै लाग्ने अनुमान छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै