• २०८१ बैशाख ८ शनिबार

मेसीको बेकहमको क्लबबाट खेल्ने इच्छा, बधाई दिदै भने केहिबर्ष पछि फोन गर्नु !

kharibot

काठमाडौँ । लियोनेल मेसीले डेभिड बेकहमको क्लबबाट खेल्ने इच्छा व्यक्त गरेका छन् ।

अमेरिकाको मियामीमा बेकहमले नयाँ क्लबको घोषणा गरेसँगै उनलाई बधाई दिनेक्रममा मेसीले सो कुरा व्यक्त गरेका हुन् । बेकहमले सोमबार साँझ आफ्नो अमेरिकाको सकर लिगको टिम मियामीमा घोषणा गरेका थिए । बेकहमको सो टिमले २०२० देखि अमेरिकन लिगमा खेल्न सुरु गर्नसक्ने बताइएको छ ।

मेसीले बेकहमलाई एक भिडियो सन्देशमा बधाई दिदै केहि बर्षपछि आफुलाई खेल्नका लागि बोलाउन अनुरोध गरेका छन् । मेसीले भनेका छन् –‘ कसलाई थाहा छ, हुनसक्छ केहि बर्षपछि मलाई फोन गर्ने छौ खेल्नका लागि’

मेसी बाहेक बेकहमलाई ब्राजिलका नेइमार, ओलापिक धावक उसेन बोल्ट, कलाकार, अभिनेता तथा गायकहरुले पनि बधाई सन्देश पठाएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै