• २०८१ बैशाख ७ शुक्रबार

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

kharibot

काठमाडौँ । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशवप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । पत्रकार विजयबाबु खत्रीको दशौँ स्मृति दिवसका अवसरमा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार पौडेललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् ।

पत्रकार पौडेल २०४२ सालदेखि पत्रकारितामा सक्रिय छन् । हाल उनी न्यु स्पटलाइट पाक्षिक म्यागजिनका प्रकाशक र सम्पादक हुन् । काठमाडौँ–३२, कोटेश्वरका स्थायी बासिन्दा पौडेल सन् २००६ मा ‘डेभलपिङ एसिया जर्नालिज्म अवार्ड’बाट सम्मानित भएको थियो । खेलकूद बिटबाट समाचार लेखन सुरु गरेका पौडेल पछिल्लो समय विकास र आर्थिक विषयवस्तुमा कलम चलाउछन् ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्रीसहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार पौडेललाई सो पुरस्कार दिने निर्णय गरेको हो ।आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मङ्सिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा पत्रकार खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मङ्सिर १२ गते अक्षय कोष स्थापना गरेकी थिइन् ।

केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही मङ्सिर २४ गते पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि रु ३४ हजार छ । सो पुरस्कार पहिलो वर्ष वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी र दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतमलाई प्रदान गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै