• २०८१ बैशाख ७ शुक्रबार

जलविद्युत् आयोजनाका कारण खेत सिँचाइबाट वञ्चित

kharibot

सल्लेरी । तल्लो सोलु जलविद्युत् आयोजनाका कारण तिङ्लाको ८०० रोपनी खेत सिँचाइबाट वञ्चित भएको छ । 

आयोजनाका कारण कुलोमा क्षति पुगेपछि किसान सिँचाइ गर्नबाट वञ्चित भएका हुन् । कुलो मर्मतका लागि आयोजनाका कर्मचारीसँग बारम्बार अनुरोध गर्दैआएका भएपनि वास्ता गर्ने गरेका छैनन् । 

‘कुलोको सम्पूर्ण संरचना बिग्रेपछि खेती नै नष्ट हुने सम्भावना छ,’ स्थानीयवासी पूर्णबहादुर खड्काले भने । लामो समयदेखि पानी नपर्दा किसानले हिउँदे आलु र गहँु खेतीमा नोक्सानी बेहोर्नुपर्ने अवस्था छ । 

खानेपानीको मुहान दूषित हुनुका साथै अन्य फोहरजन्य वस्तु जथाभावी फाल्दा यहाँ प्रदूषण बढ्दै गएको स्थानीयवासी हर्कबहादुर राईले बताउनुभयो । ‘खानेपानीको मुहान दूषित बनाएपछि स्वास्थ्यमा असर परिरहेको छ,’ उनले भने । 

आयोजनाका प्रशासन प्रबन्धक कविराज पौडेल चाँडै नै मर्मत गरेर कुलो सञ्चालनमा ल्याइने बताए । कुलो भत्किँदा करिब २५० घरधुरी प्रभावित भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै