• २०८१ बैशाख ६ बिहीबार

माइकल क्यारिकले छोडे म्यानचेस्टर युनाइटेड

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक माइकल क्यारिकले क्लब छोडेका छन् ।

अन्तरिम प्रशिक्षकको रुपमा गएराती आर्सनलविरुद्धको खेल ३-२ गोल अन्तरले जितेपछि क्यारिकले युनाइटेड छोड्ने घोषणा गरेका हुन् ।

योसँगै क्यारिकले युनाइटेडसँगको आफ्नो १५ बर्षको आवद्धता टुंगाएका छन् । 

पछिल्लो समय युनाइटेडले प्रशिक्षक ओले गुनार स्लोस्करलाई बर्खास्त गरेपछि क्यारिकले अन्तरिम रुपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

अब युनाइटेडले आफ्नो नयाँ प्रशिक्षकमा राल्फ राँगनिकलाई भित्र्याएपछि क्यारिकले क्लब छोडेका हुन् ।

क्यारिक २००६ मा टोटनह्यामबाट खेलाडीको रुपमा पहिलो पटक युनाइटेड आएका थिए । २०१८ मा खेलाडीको रुपमा सन्यास लिएपछि क्यारिक प्रशिक्षण टिममा सामेल भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै