• २०८१ बैशाख १३ बिहीबार

युभेन्टसमाथि रोनाल्डोसँग गोप्य सम्झौता गरेको आरोप !

kharibot

काठमाडौँ । युभेन्टसले क्रिस्टियानो रोनाल्डोसँग गोप्य रुपमा सम्झौता गरेको आरोप लागेको छ । युभेन्टसमाथि रोनाल्डोलाई रियल म्याड्रिडबाट भित्र्याउदा गरेको आर्थिक संम्झौता लुकाएको आरोप लागेको हो ।

इटालीको कन्जुमर वाचडगले यस विषयमा छनबिन थालेको छ । युभेन्टसले रोनाल्डोसँगको सम्झौता बारे गलत जानकारी दिएको र फाइनान्सियल फेयरप्लेको नियम तोडेको आरोप लागेको छ ।

छानबिनको क्रममा प्रहरीले युभेन्टसको टुरिन र मिलानका कार्यालयमा छापामारेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । प्रहरीले रोनाल्डोलाई भुक्तानी गरिएका र रोनाल्डोसँग सम्झौता गरिएका कागजपत्रको अनुसन्धान गरिरहेको बताइएको छ ।

इटालियन अधिकारीहरुले रोनाल्डो म्यानचेस्टर युनाइटेड जानु अघि कोरोना महामारीको अवधिको प्रारिश्रमिक तोकिए भन्दा अन्यथा भुक्तानी गरिएको र अन्य कैयौं किसिमका भुक्तानी युभेन्टसले रोनाल्डोलाई गरेको आशंका गर्दै अनुसन्धान अगाडी बढाएका छन् ।

यस प्रकरणमा अहिले टोटनह्यामका प्रबन्ध निर्देशक रहेका फाबिओ पाराटीसीमाथि पनि छानबिन भइरहेको बताइएको छ । उनले रोनाल्डोले युभेन्टस छोडेसँगै क्लब छोडेका थिए ।

यस प्रकरणमा रोनाल्डो इटालियन अनुसन्धानकर्तालाई बयान दिन उपस्थित हुनसक्ने इटालियन मिडियाहरुले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्ट अनुसार यस प्रकरणमा युभेन्टस दोषी ठहरिएमा सिरी ए बाट रिलिगेशनमा पर्नेसम्मको कारवाही हुनसक्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै