काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा न्यूजील्याण्ड ६२ रनमा अल आउट भएको छ ।
खेलको दोस्रो दिन न्यूजील्याण्ड केवल २८.१ ओभर खेल्दै ६२ रन बनाएर अल आउट भएको हो ।
न्यूजील्याण्डका लागि कीले जामिएसनले १७ र कप्तान टम लाथमले १० रन बनाएका थिए भने ने ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
भारतीय बलर आर आश्विनले ४ विकेट लिए भने मोहमद सिराजले ३ र अक्सर पटेलले २ विकेट लिएका थिए ।
यस अघि भारतले आफ्नो पहिलो इनिंगमा ३२५ रन बनाएर अल आउट भएको थियो । भारतको पहिलो इनिंगका सबै १० विकेट न्यूजील्याण्डका एजाज पटेलले लिएका थिएर नयाँ किर्तिमान कायम गरेका छन् ।
योसँगै भारतले पहिलो इनिंगमा २६३ रनको बढ्त बनाएको छ ।