• २०८१ बैशाख ६ बिहीबार

पाकिस्तानको पञ्जाब प्रान्तमा डेंगुका बिरामी बढे, १५१ जनाको मृत्यु

kharibot

इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा डेंगुका घटनाहरू बढ्दै गएको पाइएको छ । 

यस प्रान्तमा गत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ  भने ७३ जना  नयाँ सङ्क्रमित भेटिएको स्थानीय सञ्चार माध्यमले शनिबार जनाएको छ ।

पञ्जाबको प्राथमिक र माध्यमिक स्वास्थ्य सेवा विभागले जनाएअनुसार पञ्जाबमा यस वर्ष डेंगु ज्वरोबाट १५१ व्यक्तिको मृत्यु भएको छ।

यस प्रान्तमा कुल २५,६०५  सङ्क्रमणका घटना दर्ता गरिएको छ । त्यसैगरी लाहोरमा कुल सङ्क्रमितको सङ्ख्या  १८,०७९ पुगेको छ ।

तथ्याङ्क अनुसार, १५० बिरामीहरू हाल पञ्जाबका विभिन्न सरकारी अस्पतालहरूमा  उपचाररत छन् ।

डेंगु एक लामखुट्टेबाट सर्ने भाइरल रोग हो जुन हालैका वर्षहरूमा विश्वभर द्रुत रूपमा फैलिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै