काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी पराजित भएको छ । शनिबार सम्पन्न खेलमा चेल्सी वेस्टह्याम युनाइटेडसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
२-२ गोलको अवस्थामा वेस्टह्यामका लागि अर्थर मासुआकुले खेलको ८७औ मिनेटमा गोल गर्दै वेस्टह्यामलाई महत्वूर्ण जित दिलाएका थिए ।
यस अघि वेस्टह्यामका लागि मानुएल लानजिनी र जारोड़ बोवेनले एक एक गोल गरेका थिए ।
त्यस्तै चेल्सीका लागि थियागो सिल्भा र मासन माउन्टले एक एक गोल गरेका थिए ।
यो जितपछि वेस्टह्यामको १५ खेलमा २७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यस्तै शिर्ष स्थानमा रहेको चेल्सीको १५ खेलमा ३३ अंक रहेको छ । यस सिजनमा चेल्सीको यो दोस्रो हार हो ।