• २०८१ बैशाख ७ शुक्रबार

वेभ सिरिज मनी हाइस्टको अन्तिम भाग रिलिज, नेटफ्लिक्समा हेर्न सकिने

kharibot

काठमाडौँ । नेटफ्लिक्समा प्रसारित वेभ सिरिज मनी हाइस्टको पाँचौ सिजनको दोस्रो भाग रिलिज भएको छ ।

दर्शकले निकै मन पराएको यो सिरिजको पाँचौ सिजनको दोस्रो भागमा ५ भाग रहेका छन् । यो यस चर्चित वेभ सिरिजको अन्तिम सिजन हो ।

यस सिजनमा स्पेनको बैंकमा चोरी गरिरहेका आफ्ना टिमका सदस्यलाई प्रोफेशरले कसरी सुरक्षित निकाल्छन भन्ने कौतुहलताको उत्तर पाइने छ ।

मनी हाइस्टलाई कोलमेनारले निर्देशन गरेका छन् भने सिरिजमा कलाकारको अभिनयका साथै एडिटिंग र निर्देशन समेत उत्कृष्ट रहेको छ ।

निर्माण पक्षले अब मनी हाइस्टका पात्रको नाम दोहोराएर सिरिज नबनाउने स्पष्ट गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै