• २०८१ बैशाख ६ बिहीबार

फ्रेडको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

युनाइटेडले आफ्नो घरेलु मैदान ओल्ड टाफोर्डमा आइतबार सम्पन्न खेलमा क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा खेलको ७७औं मिनेटमा फ्रेडले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितसँगै अन्तरिम प्रशिक्षक बनेका रोल्फ राँगनिकले आफ्नो पहिलो खेलमा युनाइटेडमा विजयी शुरुवात गरेका छन् ।

यो जितपछि म्यानचेस्टर युनाइटेड १५ खेलमा २४ अंक भएको छ र लिगमा छैटौ स्थानमा उक्लिएको छ ।

त्यस्तै क्रिस्टल प्यालेसको १५ खेलमा १६ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै