• २०८१ बैशाख १३ बिहीबार

आङ सान सुकीलाई चार बर्षको जेल सजाय

kharibot

काठमाडौँ  । म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकीलाई चार बर्षको जेल सजाय सुनाएको छ । सुकीविरुद्ध दायर गरिएका विभिन्न मुद्धामा सुनाइएको पहिलो फैसलामा चार बर्षको सजाय सुनाइएको हो ।

सुकीलाई मानिसहरुलाई भड्काएको र प्राकृतिक आपत कानुन अन्तर्गत कोरोनाको नियम तोडेको आरोप लगाइएको छ । 

सुकीमाथि भ्रष्ट्राचार, गोपनियता भंग गरेको र जनतालाई भड्काएकोसहित कुल ११ आरोप लगाइएको छ, जसलाई उनले अस्वीकार गर्दै आएकी छन् ।

दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दै गत फेब्रुअरीमा सैन्य कू भएको थियो । यसैसँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो । 

सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए । दश  हजार भन्दा बढी पक्राउ परेका छन् ।

सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा विशेष अदालतमा सुकीका वकिलहरूलाई मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै