• २०८१ बैशाख १३ बिहीबार

नेपालमा कोरोना : २४ घण्टामा २६५ संक्रमित, २ जनाको मृत्यु

kharibot

काठमाडौँ । नेपालमा थप २२५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २३८ र एन्टीजेन परिक्षणबाट ३७ गरि कुल २६५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ९८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ११४ पिसिआर र १५०३ नमुना एन्टीजेन परिक्षण गरि कुल ८ हजार ६१७ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३८६ पुगेका छन् । त्यस्तै आइसीयुमा ११४ जना छन् भने देशभर ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ३२४ जना छन् भने होम आइसोलेसनमा ६ हजार ६२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ६ हजार ६१० जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

अहिलेसम्म पहिलो मात्रा एक करोड ४ लाख ३१ हजार ६५९ र पूर्ण मात्रा ८७ लाख २५ हजार ७८५ ले लगाइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल एक करोड ९१ लाख ५७ हजार ४४४ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै