• २०८१ बैशाख १३ बिहीबार

पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु

kharibot

इस्लामाबाद । पाकिस्तानको बाल्टिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ ।

बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो । दुर्घटनामा मेजर जिशान जहानजेब र  इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआरले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ । हेलिकप्टरलाई लडाकुले हमला गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै