• २०८१ बैशाख ६ बिहीबार

कट्रिना र विक्की विवाह बन्धनमा बाधिदै, आज संगीत सेरोमनी

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाधिदै छन् । कट्रिना र विक्कीले आजदेखि जयपुरमा विवाहको परम्परा शुरु हुन लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

कट्रिना र विक्की परिवारसहित जयपुर पुगिसकेका छन् भने आज उनीहरुको विवाहको संगीत सेरोमनी हुने बताइएको छ । त्यस्तै बुधबार हल्दीको परम्परा हुने र विहिबार दुवैले विवाह गर्ने तालिका रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

तिब्र गतिमा तयारी भैरहेको भएपनि दुवैले औपचारिक रुपमा भने जानकारी दिएका छैनन् । विवाहमा दुवै तर्फका परिवार र नजिकका मित्रहरु गरी करिब १२० जना सहभागी हुने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार कट्रिना र विक्कीले आजै मुम्बईमा रजिष्ट्रर्ड विवाह गर्ने पनि मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।   

कट्रिना र विक्कीको विवाह जयपुरको होटल सिक्स सेसंस फोर्ट रिसोर्टमा हुन लागेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै