काठमाडौँ । नेपालमा थप ३१५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २७२ र एन्टीजेन परिक्षणबाट ४३ गरि कुल ३१५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३०४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ९८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ३८६ पिसिआर र २४२४ नमुना एन्टीजेन परिक्षण गरि कुल ११ हजार ८१० जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३५२ पुगेका छन् । त्यस्तै आइसीयुमा १२३ जना छन् भने देशभर ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा ३३९ जना छन् भने होम आइसोलेसनमा ६ हजार १३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ७५३ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अहिलेसम्म पहिलो मात्रा एक करोड ५ लाख ४ हजार ७६४ र पूर्ण मात्रा ८७ लाख ८० हजार ४३३ ले लगाइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल एक करोड ९२ लाख ८५ हजार १९७ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।