• २०८१ बैशाख ८ शनिबार

कुटपिट गरि हत्या गरेको आरोपमा ३ जना पक्राउ

kharibot

रौतहट । कुटपिट गरि हत्या गरेको आरोपमा रौतहट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । 

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं.१ मंगलपुर बस्ने २८ वर्षिय गोपाल थिङ्गको कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा मृतक थिङ्ग कै दाई ३५ वर्षिय रविन्द्र थिङ्ग, माईजु नाता पर्ने ४२ वर्षिया दुधिमायाँ पाख्रिन र काठमाडौँ घर भएका मामा नाता पर्ने ३९ वर्षिय आषिश पाख्रिन रहेका छन् । 

मंगलपुरमा कुटपिटबाट मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै