• २०८१ बैशाख ८ शनिबार

अमेरिकी मालिकले जुम मिटिङमार्फत नौ सय कर्मचारी पदमुक्त गरेपछि...

kharibot

प्रतिनिधि तस्बीर

न्यूयोर्क । भारतीय मूलका एक अमेरिकी मालिकले जुम वैठकमार्फत एकैपटक ९०० कर्मचारीलाई पदमुक्त गरेका छन् ।

धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका सीइओ विशाल गर्गले जुम मिटिङमार्फत ९०० कर्मचारी पदमुक्त गरेका हुन् । क्रिसमस आउनु केही दिनअघि उनले गरेकाे निर्णयलाई धेरैले क्रुर र स्वचेछाचारी भनेका छन् । 

कर्मचारीको कार्यसम्पादन चित्तबुझ्दो नभएको र बजारमा देखिएको परिवर्तनका कारण आफु कठोर निर्णयमा पुगेको गर्गले बताएका छन् । कर्मचारीले दिनमा दुई घण्टा काम गरेर आठ घण्टाभन्दा बढी काम गरेको दाबी गरेको त्यो सबैका लागि अनुत्पादक बनेको उनले बताएका छन् ।

आफ्नो निर्णयबाट आफै दुखी भएको उनले बताएका छन् । 'पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ,’ जुम मिटिङमा गर्गले भनेका छन् । गर्गले कर्मचारी बरखास्त गरेको फर्चुन म्यागेजिनले पुष्टि गरेको छ ।

यसअघि बेटर डटकमले ७५ करोड अमेरिकी डलर मुनाफा गरेको विवरण सार्वजनिक भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै