• २०८१ बैशाख १३ बिहीबार

एटलेटिको म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत एटलेटिको म्याड्रिड नकआउट चरणमा पुगेको छ ।

गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा एटलेटिको म्याड्रिडले पोर्चुगीच क्लब पोर्टोलाई ३-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको हो ।

एटलेटिकोको जितमा एन्टोनी ग्रीजम्यान, एंगेल कोरिया र रोड्रीगो डे पाउलले एक एक गोल गरेका थिए । त्यस्तै पोर्टोका लागि एक गोल सर्जियो ओलिभेइराले पेनाल्टीमार्फत गरेका थिए ।

त्यसैगरी यस खेलमा पोर्टोका दुई र एटलेटिकोका एक खेलाडीले रातो कार्ड पाएका थिए । पोर्टोका विएनडेल र अगस्टिन मार्चेसिन तथा एटलेटिकोका यानिक करास्कोले रातो कार्ड पाएका थिए ।

यो जितपछि एटलेटिको समुह बि मा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ । एटलेटिकोको ६ खेलमा ७ अंक भएको छ । यस समुहबाट लिभरपुल शिर्ष स्थनमा रहदै नकआउट चरणमा पुगिसकेको छ ।

त्यस्तै पोर्टो भने तेस्रो स्थानमा रहदै युरोपा लिगमा खेल्ने छ ।

एटलेटिको र लिभरपुलसँगै अहिलेसम्म म्यानचेस्टर सिटी, अयाक्स, रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, पिएसजी, स्पोर्टिंग सिपि र इन्टर मिलान च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै