• २०८१ बैशाख ११ मंगलबार

आज शेर्पा र पुलिस तथा जावलाखेल र मछिन्द्र भिड्दै

kharibot

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको तेस्रो चरणको अन्तिम दिन आज बुधबार दुई खेल हुँदैछन् ।  यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तय तालिकामा युथ एथ्लेटिको प्रतियागिता आयोजना भएपछि लिगका खेल दुई दिन सरेका थिए । 

आज दिउँसाे १ बजे सुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । शेर्पा पहिलो जितको खोजीमा हुनेछ । शेर्पाले अघिल्लो दुई खेलमा जित निकाल्न सकेको छैन । शेर्पा २ खेलमा १ अंक जोडेर १२औँ स्थानमा छ । 

नेपाल पुलिस भने दोस्रो जितको निकाल्ने दाउमा हुनेछ । पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस अंक तालिकाको सातौँ स्थानमा छ ।

साझ पौने ५ बजे सुरु हुने दिनको दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लब आमुने सामुने हुनेछन् ।  

जावलाखेल आज पहिलो अंकको खोजीमा हुनेछ । जावलाखेलले २ खेलमा अंक जोड्न सकेको छैन । अंक विहीन जावलाखेल लिगको १३ औं स्थानमा रहेको छ ।

साविक विजेता मछिन्द्र दोस्रो जित निकाल्दै उपाधि दाबेदारी यथावत राख्न चाहन्छ । मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा रहेको छ ।

आजको खेलसँग तेस्रो चरणका खेल समाप्त हुनेछन् । जारी लिगमा ३ खेलबाट ७ अंक जोडेको सातदोबाटो युथ क्लब शीर्षस्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै