• २०८१ बैशाख ८ शनिबार

भारतीय सेना प्रमुखसँगै हेलिकप्टरमा को को सवार थिए ?

kharibot

काठमाडौं । भारतको तमिलनाडुमा सेनाको हेलिकोप्टर दुर्घटनामा पर्नेहरुको नाम सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त हेलिकोप्टरमा भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै उनकी पत्नीसहित १४ जना सवार थिए । 

दुर्घटनामा चार जनाको शव बरामद भएको छ । ७ जना घाइते भएका छन् । भारतको वायुसेनाले यो दुर्घटनाको जाँचको लागि निर्देशन दिएको छ । खराब मौसका कारण दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

 रावतसँगै उनी पत्नी मधुलिका रावत, उनका डिफेन्स स्टाफ, जसमा ब्रिगेडिएर एसएल लिड्डर लेफ्टिनेन्ट जनरल सँगै थिए । यस्तै, लेफ्टिनेन्ट कर्नेल हरिजिन्दर सिंह, पीएसओ एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एलएनके विवेक कुमार, एलएनके बी साई तेजा, हवलदार सतपाल सहभागी थिए । 

सार्वजनिक सुचि अनुसार हेलिकोप्टरमा रावतका परिवारका अन्य सदस्य पनि थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै