• २०८१ बैशाख ११ मंगलबार

बेलायतमा एकैदिन सय जनामा ओमिक्रोन पुष्टि

kharibot

काठमाडौँ । बेलायतमा मंगलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका सयभन्दा बढी संक्रमित भेटिएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यो भाइरसका सय जनाभन्दा बढी संक्रमित देखिएको हो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मंगलबार मन्त्रिपरिषदको बैठकमा जानकारी गराएका थिए । साथै उनले बेलायतमा कूल ओमिक्रोनका ४३७ जना संक्रमित भेटिएका जानकारी दिएका थिए ।

उनले बेलायतका स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यसअघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएका बताए । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट बेलायतमा पनि केही दिनमात्र अघि देखिएको थियो ।

प्रधानमन्त्री जोन्सनले देशव्यापी रुपमा नागरिकहरुलाई अघिल्लो डेल्टाभन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै