• २०८१ बैशाख ६ बिहीबार

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

kharibot

बर्लिन । जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचन हुनु भएको छ । वर्तमान अर्थ मन्त्री समेत रहेका ओलाफलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो ।

उनि निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधीकारी ओलाफको उदय भएको छ । अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्रि डेमोक्रेटस् (एफडीपी)सँग गठवन्धन गरेकाले उनि चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो । 

विदा हुन लाग्नु भएकी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री बन्नु भएको थियो । त्यसपछि उहाँ सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बन्नु भएको हो । 

झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले विदा लिन लाग्नु भएको हो । चान्सलर हुँदा उनि सधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै