• २०८१ बैशाख १२ बुधबार

भारतीय सेनाको हेलिकप्टर दुर्घटना: सवार १४ मध्ये १३ जनाको मृत्यु

kharibot

काठमाडौं । भारतको तमिलनाडुमा सेनाको हेलिकोप्टर दुर्घटनामा परेका १४ जना मध्ये १३ जनाको मृत्यु भएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त हेलिकोप्टरमा भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत र उनकी पत्नीसहित १४ जना सवार थिए । 

दुर्घटनामा १३ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआइले स्रोतलाई उदृत गर्दै जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु भएकाको विवरण भने अहिलेसम्म दिइएको छैन । 

शव जलेको अवस्थामा रहेकाले पहिचान डीएनए परिक्षणपछि मात्र हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

खराब मौसका कारण दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । भारतको वायुसेनाले यो दुर्घटनाको जाँचको लागि निर्देशन दिएको छ । 

रावतसँगै उनी पत्नी मधुलिका रावत, उनका डिफेन्स स्टाफ, जसमा ब्रिगेडिएर एसएल लिड्डर लेफ्टिनेन्ट जनरल सँगै थिए । यस्तै, लेफ्टिनेन्ट कर्नेल हरिजिन्दर सिंह, पीएसओ एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एलएनके विवेक कुमार, एलएनके बी साई तेजा, हवलदार सतपाल सहभागी थिए ।

रावत भारतको पहिलो डिफेन्स चिफ अफ स्टाफ हुन् । स्थल, जल र हवाई सेना गरी तिनै सेनालाई कोअर्डिनेशन गर्दै नेतृत्व प्रदान गर्न रावतलाई २०२० मा चिफ अफ डिफेन्स स्टाफ बनाइएको थियो । उनले २०१६ देखि २०१९ सम्म सेना प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै