• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेसको संस्थापनइतर पक्ष साझा उम्मेदवार तय गर्न आज पनि असफल

kharibot

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर  पक्ष सभापतिमा साझा उम्मेदवार चयन गर्न असफल भएको छ । संस्थापन इतर पक्षको चाक्सीबारीमा भएको बैठकमा सभापतिका दाबेदारले आफ्नो दाबी नछोडेको काँग्रेस नेता डा. रामशरण महतले जानकारी दिएका छन् ।

बैठकमा सभापतिका दाबेदार वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शेखर कोइराला र डा. शशांक कोइरालाले आफ्नो दाबि नछोडेको डा. महतले बताए । यद्यपी डा. शशांक कोइरालाले पौडेलको नाममा सहमति भएमा आफुले छछोड्ने बताएका थिए । तर प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबि छोड्न मानेका छैनन् ।

उनले बैठकमा नेता पौडेलले सहमतिमा उम्मेदवार तय नभएमा आफु सक्रिय राजनीतिबाट अलग हुने चेतावनी दिएको बताए ।

अब फेरी विहिबार बिहान संस्थापन इतर पक्षमा सहमतिको प्रयास हुने बताइएको छ ।

यस अघि  बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष निस्किएको थियो ।

नेता प्रकाशमान सिंहको निवासमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा.शेखर कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी रहेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै