• २०८१ बैशाख ८ शनिबार

म्यानचेस्टर युनाइटेड योंग ब्वायेजसँग बराबरीमा रोकियो

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड योंग ब्वायेजसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युनाइटेड र योंग ब्वायेज १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

युनाइटेडका लागि खेलको नवौं मिनेटमा मासन ग्रीनवूडले गोल गरेका थिए भने योंग ब्वायेजका लागि खेलको ४२औ मिनेटमा फाबियन रिएडरले गोल फर्काएका थिए ।

यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको समुह एफ मा ६ खेलमा ११ अंक भएको छ र शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ ।

यस समुहबाट नकआउट चरणमा पुग्ने दोस्रो टिमको टुंगो भने आजराती हुने भिल्ला रियल र एटलान्टाबीचको खेलपछि लाग्ने छ ।

त्यस्तै योंग ब्वायेज भने समुह चरणबाटै बाहिरिएको छ ।  

यससँगै अब च्याम्पियन्स लिगको नकआउट चरणमा खेल्ने १६ मध्ये १५ क्लब छनौट भएका छन् । जसमा बायर्न म्युनिख, बेनिफिका, म्यानचेस्टर सिटी, लिभरपुल, अयाक्स, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड, लिले, युभेन्टस, पीएसजी, एटलेटिको म्याड्रिड, स्पोर्टिंग सिपि, इन्टर मिलान, रेड बुल साल्जबर्ग र चेल्सी रहेका छन् ।

अब समुह एफ अन्तर्गत भिल्ला रियल र एटलान्टाबीच आज राति हुने खेलपछि नकआउट चरणको समिकरण पुरा हुने छ   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै