• २०८१ बैशाख ७ शुक्रबार

कृषि कर्जा सम्वन्धी कार्यविधि संसोधन, अनुदानको लागि कृषि तथा पशुपंक्षी व्यवसाय ग्रामिण क्षेत्रमा सञ्चालित हुनुपर्ने 

kharibot

काठमाडौ ।  सरकारले तोकेको अनुदान प्राप्त गर्नको लागि कृषि तथा पशुपंक्षी व्यवसाय ग्रामिण क्षेत्रमा नै सञ्चालन भएको हुनुपर्ने छ । नेपाल राष्ट्र बैैकले कृषि कर्जा सम्वन्धी कार्यबिधी संसोधन गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन बैक तथा फाईनान्स कम्पनीहरुलाई निर्देशन दिएको हो । 

बैक तथा बित्तीय संस्थाको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैकले व्यवसायीक कृषि तथा पशुपंक्षी कर्जामा प्रदान गरिने अनुदान सम्वन्धी कार्यबिधी २०७३ को दफा ३ को  उपदफा ३ लाई संसोधन गरेको जनाएको छ । संसोधित व्यवस्था अनुसार व्यवसायीक कृषि तथा पशुपंक्षी सम्वन्धी व्यवसाय ग्रामिण क्षेत्रमा नै स्थापन भई सञ्चालित भएको हुनुपर्ने छ भने यस्तो कर्जामा बैंक तथा फाईनान्स कम्पनीहरुले ऋणीबाट आधार दर बमोजिम बैंक तथा बित्तीय संस्थाबाट निर्धारण हुने व्याजदरमा कर्जा प्रवाह गर्न सक्नेछन । 

यस्तो कर्जामा सरकारले पाँच प्रतिसत बिन्दुु व्याज उपलब्ध गराउने हुंदा कर्जामा लिईने व्याजमा अन्य निकायलाई दिनुपर्ने बीमा शुल्क कर्जा सुचना सम्वन्धी शुल्क बाहेक अन्य कुनैपनि प्रकारका शुल्क लिन नपाईने परिपत्रमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै