• २०८१ बैशाख ६ बिहीबार

‘जुत्ता पोलिस’ले कसरी शुद्धीकरण होला काँग्रेस !

kharibot

काठमाडौँ । नेपाली राजनीतिमा गत मंगलबार जुत्ता प्रकरणले फेरि एकपटक नेताहरुलाई चर्चामा तान्यो । युवा नेताहरु धनराज गुरुङ, चन्द्र भण्डारीलगायत नेताहरु बानेश्वर चोकमा सर्वसाधारणको जुत्ता पोलिस गरिरहेको तस्बिर सामाजिक सञ्जालदेखि मिडियाहरुमा समेत प्रमुख समाचार बने । कांग्रेसलाई शुद्धीकरण गर्ने नाममा भएको जुत्ता पोलिस प्रकरणको प्रशंसाभन्दा आलोचना बढी भएको छ । 

यसमा टिप्पणी गर्न चाहने सबैजसोले यसलाई स्वाभाविक भन्दा अस्वाभाविक रुपमा लिएका छन् । केही युवानेताहरुले गर्नुपर्ने यही हो त ? पक्कै पनि जनमैत्री काम गर्दा नेता लोकप्रिय हुन्छ तर त्यसकै नाममा  अस्वाभाविक कार्यहरु गर्नथालियो भने त्यसले प्रशंसाभन्दा आलोचना धेरै, सामान्यभन्दा असामान्य कार्यका रुपमा लिएका छन् । किनकि यो स्तरका नेताहरुले जनताको पीडामा मल्हम लगाउने हो । आफू सांसद् हुँदा आफूलाई विजयी गराउने जनताको बहुमतले चाहेको कुरा संसद्मा बोल्ने हो, कानुन बनाउँदा उनीहरुको आवाज सम्बोधन हुने गरी मस्यौदा तयार गर्ने हो, उनीहरुको विकासको एजेन्डामा होस्टेमा हैँसे गर्दै सहभागी हुने हो । 

चुनावताका जनताको खेतमा पुग्ने नेताहरु अहिले कहाँ छन्, चुनावमा भोटका लागि जनताको शरीरमा थर्मोमिटर राख्दै जरो नापेको नाटक गर्ने काम नेताको होइन, उनीहरुले त सामूहिक जनआवाज र जनआकांक्षालाई सम्बन्धित निकायसम्म पुर्याएर त्यसलाई औपचारिक रुपमा साकार पार्न सहयोग गर्ने हो । यसअर्थमा चुनावमा धान काटेको नाटक गर्ने र जनताको ज्वरो नाप्नेभन्दा उनीहरुको मन र मस्तिष्क मापन गर्नुपर्नेमा जनता अनपढ छन् भन्दैमा सडकमा यसरी पढेका भनिएका नेताहरुको उपस्थिति र प्रदर्शनले जनताको सेवाभन्दा ज्यादा उनीहरुको दैनन्दिनी कामको खिसिट्युरी गरेको ठहर्छ । 

यसअर्थमा चुनावमा धान काटेको नाटक गर्ने र जनताको ज्वरो नाप्नेभन्दा उनीहरुको मन र मस्तिष्क मापन गर्नुपर्नेमा जनता अनपढ छन् भन्दैमा सडकमा यसरी पढेका भनिएका नेताहरुको उपस्थिति र प्रदर्शनले जनताको सेवाभन्दा ज्यादा उनीहरुको दैनन्दिनी कामको खिसिट्युरी गरेको ठहर्छ । 

यस घटनाभन्दा अगाडि अलिकति केही पृष्ठभूमिका घटनाहरुको बारेमा चर्चा गरौँ । कांग्रेस निर्वाचनमा पराजित भएपछि युवानेताहरुले एकपछि अर्को बुलन्द भाषण दिनथाले । सामाजिक सञ्जालदेखि मिडियामा एकोहोरो नेतृत्वको आलोचना गरे । मिडियाले पनि युवा नेताहरुलाई राम्रो स्थान दिए । उनीहरुले पार्टी निर्वाचनमा हारेको दोष नेतृत्वलाई दिएर उनीहरुलाई नेतृत्व छोड्न चुनौती दिइरहे । 

यसैबीच, सात युवा नेताहरुले संयुक्त वक्तव्यमार्फत नेतृत्वलाई चुनौती दिने किसिमको भनाइ पार्टी नेतृत्वसमक्ष राखे । तर त्यसको केही दिनमा नै पार्टी सभापतिले सात भाई युवामध्येका एक विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएर र एक हुनलागेका युवालाई तितरवितर पारिदिए । कांग्रेस युवा नेताहरुका अडान र सार्वजनिक अभिव्यक्तिले कांग्रेस नेतृत्वलाई टेर पुछर लागेजस्तो देखिएन । राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकालाई अवसर दिने निर्णय केन्द्रीय समितिले गरे पनि एकाधबाहेक उम्मेदवार छनौटमा नेतृत्वले भागबण्डा नै गर्यो । फेरि युवानेताहरु धनराज गुरुङ, गुरु घिमिरे जस्ता केन्द्रीय सदस्य नै टिकट नपाउने पंक्तिमा परे ।

जुत्ता पोलिस केका लागि ? 

जुत्ता पोलिस प्रसंग वास्तवमा कांग्रेसका संस्थापकमध्येका नेता कृष्णप्रसाद भट्टराईसँग जोडिएको छ । पञ्चायतकालमा नेता भट्टराईले आफ्ना केही कार्यकर्तालाई जुत्ता पोलिस गरेर भए पनि पढ्न जानुपर्छ भनी विद्यालय जान र शिक्षित हुन प्रेरित गरेको हुनाले नै चर्चित रहेको प्रसंग हो । पञ्चायत ढलेको करिब तीन दशक भइसक्दा नेताहरु एक्कासि पार्टीभित्र नैतिकता खोज्दै सडक ओर्लिएको दाबी गरेका छन् । 

पञ्चायतकालमा नेता भट्टराईले आफ्ना केही कार्यकर्तालाई जुत्ता पोलिस गरेर भए पनि पढ्न जानुपर्छ भनी विद्यालय जान र शिक्षित हुन प्रेरित गरेको हुनाले नै चर्चित रहेको प्रसंग हो ।

तर यत्रो वर्ष बिते, यो कार्यक्रम आज आएर महसुस हुनुले अनौठो प्रश्न उठ्छ । यसबेलासम्म चाहिँ कांग्रेसभित्र नैतिकता थियो ? प्रजातन्त्रको वकालत गर्ने पार्टी भए पनि कांग्रेसमा सधैँ सभापति हावी हुँदै आएको र गन्यमान्य नेताकै हालीमुहाली हुँदै आउनेक्रममा कांग्रेसको शक्ति क्षीण हुनपुगेको पहिलेदेखि नै तथाकथित युवानेताले स्वीकार्दै आएका हुन् । कमजोर भएर चुनावमा पराजित नभएसम्म नैतिकताको खोजी किन गरिएन ? जनताको श्रमको सम्मान गर्न आफूहरु सडकमा पुगेको चन्द्र भण्डारीले दाबी गरे पनि जनताले भने नेतालाई आफ्नो काम गर भनेका र भन्न चाहेका होइनन् भन्ने नेताले बुझ्नु जरुरी छ, उनीहरुले काम गर्न पाउने वातावरण खोजेका हुन् न कि नेता नै खेतमा उनीहरुका दुई-चार जना खेताला जोगाउन आऊन् । पार्टीभित्र आफू बसेर जनताको आवाज उठाउने बेलामा एकअर्कालाई धारेहात लगाउने, पदलोलुप हुने, पदका लागि पार्टीभित्र गुट-उपगुट खडा गर्ने, एक हुन नसक्ने नेताहरु जब चुनावमा टिकट पाउँदैनन्, जब चुनावमा हार्छन् अनि ब्रह्मज्ञान प्राप्त गरेजसरी सडकमा आउँछन् । यो किमार्थ श्रमको सम्मान होइन् । 

बानेश्वरको सडकमा जुत्ता पोलिसमा संलग्न कांग्रेसका नेताहरु धनराज गुरुङ, चन्द्र भण्डारी, राधेश्याम अधिकारी, विनोद भट्टराई लगायत नेतालाई सडकमा लघार्ने कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले पनि यसको सट्टा रचनात्मक कार्य गर्नु जरुरी छ, न कि देखाएर चर्चित हुन र केही दिन पत्रपत्रिकाको समाचार हुन । समयअनुसार जनताको बदलिएको चाहनापूर्तिका खातिर नेतालाई जनसेवामा खटाउने हो भने प्रतिष्ठानले जनताका दीर्घकालीन फाइदालाई हेर्नु र सोहीअनुसार अभिप्रेरित गर्नु जरुरी छ । 

चर्चा नै समाधान होइन 

अब शुद्धीकरणको नाममा युवा नेताहरुले जुत्ता पोलिस गरेर समाचारमा त आए तर के कांग्रेसको समस्याको जड र समाधान यही हो त ? हजारौ कांग्रेसका कार्यकर्ताहरु युवा नेताहरुका यस्ता गतिविधिले हैरान भएको हुनुपर्छ । अहिले टाउको दुख्दा खुट्टाको अप्रेसन हुँदै छ कांग्रेसमा । बुझ्न त युवा नेताहरुले बुझेका छन् तर चाप्लुसी-चाकडी संस्कारबाट हुर्किएका नेतृत्वमा राजनीतिका नवीनतम उपाय आएनन् अनि जुत्ता पोलिस गर्न सडकमा बसे । अहिले वैचारिक र व्यवस्थापकीय संकटबाट गुज्रिएको कांग्रेसलाई एउटा दुइटा व्यक्तव्य, मिडियाबाजी र जुत्ता पोलिसले अहिलेको कांग्रेस सप्रिने र सुध्रिने सम्भावना छैन । कुरा सार्वजनिक ठाउँमा कुर्लिने नेताहरु नेतृत्वको अगाडि बोल्छन् कि बोल्दैनन्, आफ्ना कुरा राख्छन् कि राख्दैनन् भन्ने पनि हो । कांग्रेसका केही नेताहरु सडकमा बसेर जुत्ता पोलिस गरे, पेसा नै यही गर्ने हो भने त ठीकै हो तर राजनीतिमा शुद्धीकरणका नाममा यस्ता प्रोपोगान्डा आम जनताको बुझाइभन्दा धेरै पर देखिएका छन् ।

बुझ्न त युवा नेताहरुले बुझेका छन् तर चाप्लुसी-चाकडी संस्कारबाट हुर्किएका नेतृत्वमा राजनीतिका नवीनतम उपाय आएनन् अनि जुत्ता पोलिस गर्न सडकमा बसे । अहिले वैचारिक र व्यवस्थापकीय संकटबाट गुज्रिएको कांग्रेसलाई एउटा दुइटा व्यक्तव्य, मिडियाबाजी र जुत्ता पोलिसले अहिलेको कांग्रेस सप्रिने र सुध्रिने सम्भावना छैन ।

अन्त्यमा, 

कांग्रेस अहिले सत्ताबाट बाहिरिँदै गर्दा एजेन्डाविहीन देखिएको छ । आम जनताले समानुपातिकमा दोस्रो ठुलो दल बने पनि कांग्रेस र कांग्रेसका नेताहरुले यत्रो मतको सम्मान गरेर कार्यक्रम दिन सकेको छैनन् । खास गरी कांग्रेसका युवा नेताहरुको आत्मविश्वास झन् गुमेको देखिन्छ । बानेश्वरमा जुत्ता पोलिस गरेर नेताहरुले एक घण्टामा झण्डै ३० हजार उठाएछन्, अबको उनीहरुको रचनात्मक कार्य के हो त ? के त्यसैगरी आफूलाई श्रमजीवी बनाउँदै हरदिन जनताको दैलोमा पुग्छन् ? उनीहरुको उक्त ‘महान्’ कार्यलाई कांग्रेसका अन्य युवानेताले फलो गर्लान् ? अब यसले कसरी कांग्रेस शुद्धीकरणको दिशामा उन्मुख हुन्छ ? अझ अबको यी नेताहरुको पार्टी शुद्धीकरण गर्ने योजना के हो त ? यस्ता थुप्रै प्रश्न उब्जिएका छन्, जसको उत्तर स्वयं उनीहरुसँग छैन । 

हो, पार्टीमा सुधार हुनुपर्छ, कांग्रेसको लिगेसी पनि खोजिनुपर्छ तर पार्टीको कुनै पनि तहमा छलफल नै नगरी आफ्नो मुख्य आत्माबाट भड्किएको कांग्रेस र यसका युवानेताहरु जुत्ता पोलिस गरेर शुद्धीकरणको सपना देख्दै छन् । अहिले अरु नेताले भन्दा फरक गर्ने चक्करमा आफु नांगिएको नेताहरुले महसुस गरे कि गरेनन् त्यो त उनीहरुले नै जानून् तर पार्टीम पद्धति बसौं सबैभन्दा पहिला आफुहरु पद्धतिमा बसेर कार्यकर्तामा आत्मविश्वास जगाउने काम गर्नुपर्यो । पार्टीले निर्वाचनमा पाएको पराजयबाट गाउँ तहका कार्यकर्ताको आत्मविश्वास गुमेको छ । त्यो गुमेको अस्तित्वलाई फिर्ता गर्न कार्यक्रम खै त ? काठमाडौँमा बसेर नेतृत्वको आलोचना गर्दै सडकमा तमासा गरेर कांग्रेस शुद्धीकरणको सपना मिडियामा हेडलाइन बन्ला तर यसले कांग्रेसलाई केही फाइदा गर्ने देखिदैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै