कोपा डेल रे सेमिफाइनल : स्वरेजको गोलमा बार्सिलोनाको झिनो अग्रता 

खरीबोट

काठमाडौँ । कोपा डेल रे को सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना विजयी भएको छ । 

गएराती भएको खेलमा बार्सिलोनाले लुइस स्वरेजको एकमात्र गोलको मद्धतले भ्यालेन्सियालाई पराजित गरेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा स्वरेजले खेलको ६७औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए । स्वरेज गोलसँगै बार्सिलोनाले सेमिफाइनलको पहिलो लिगमा झिनो अग्रता कायम गरेको छ ।

लुइस स्वरेजले भ्यालेन्सियाविरुद्ध पछिल्लो ९ खेलमा ९ गोल गरेका छन् ।

यी दुई टिमबीचको सेमिफाइनलको दोस्रो लिग फेब्रुअरी ९ मा भ्यालेन्सियाको घरेलु मैदानमा हुने छ ।

त्यस्तै यसअघि भएको सेमिफाइनल खेलमा लेगानेज र सेभिल्ला १-१ गोलको बराबरीमा रोकिएका छन् । दुवैबीच दोस्रो लिग फेब्रुअरी ८ मा हुदै छ । 

सम्बन्धित समाचार

बार्सिलोनाको कल्चरल लेओनेसविरुद्ध संघर्षपूर्ण जित

काठमाडौँ।  कोपा डेल रे अन्तर्गत बार्सिलोनाले कल्चरल लेओनेसविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ। हाल आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलिरहेको बार्सिलोनाले खेलको इन्जुरीसमयमा ९१औ मिनेटमा क्लेमेन्ट लेंगलेटले गोल गरेपछि

बार्सिलोनाले लगातार चौथो पटक जित्यो कोपा डेल रेको उपाधि 

काठमाडौं । कोपा डेल रेको उपाधि बार्सिलोनाले लगातार चौथो पटक जितेको छ । गएराती भएको फाइनल खेलमा सेभिलालाई ५-० ले पराजित गर्दै लगातार चौथो पटक उपाधि जितेको हो । क्लबका म्यानेजर

कोपा जित्न अर्को औला भाच्न तयार छु – इभान राकीटिक 

काठमाडौँ । बार्सिलोनाले आज राति कोपा डेल रेको फाइनलमा सेभिलाको सामना गर्दै छ । यसअघि लगातार तीन पटक कोपाको उपाधि जितेको बार्सिलोनाले चौथो पटक उपाधि जित्ने पुरा तयारी गरेको छ

मैले मेसीलाई फाउल हाने भने म अर्जेन्टिना फर्किन सक्दिन – सेभिला डिफेन्डर मेर्काड़ो 

काठमाडौँ । शनिबार बार्सिलोना र सेभिलाबीच हुने कोपा डेल रेको फाइनल खेलको चर्चा सुरु भएको छ ।  च्याम्पियन्स लिगको घाउलाई बिर्सेर बार्सिलोना कोपाको उपाधि जित्न आफ्नो सारा शक्ति लगाउने तयारी गरेको


z